राष्ट्रिय महिला भलिबल आजबाट

title
सोमवार, भदौ २५, २०७५

पुलिस र जाउलाखेल नखेल्ने

कास्की । नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा ५ टोलीको सहभागीता रहेने छ ।

सहभागी टोलीमा सशस्त्र प्रहरीको एपीएफ, चितवान टाईगर, शिवम् न्यू डायमण्ड, टप्स मावि र त्रिभुवन आर्मी क्लव रहेका छन् । नेपाल पुलिस, जाउलाखेलले भने खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका छन् । उद्घाटन खेल पोखराको टप्स मावी र काठमाण्डौंको न्यू डाईमण्ड एकेडेमी बिच हुने भएको छ ।

त्यसै गरी सोमबार एपीएफ र चितवन टाईगर बिच खेल हुने भएको छ भने न्यू डाईमण्ड र त्रिभुवन आर्मी क्लव बिचको लिग खेल हुने छ । प्रतियोगिताको विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल भाद्र २७ गते सम्म संचालन हुनेछ ।

तीज महोत्सवमा पोखराको लामाचौरमा संचालन हुने प्रतियोगितामा पहिलो संस्करण देखि तेश्रो संस्करण सम्मको बिजेता न्यु डायमण्ड एकेडेमी हो भने चौथो र पाँचौ संस्करणको बिजेता एपीएफ क्लब हो । यसपटक पनि उपाधि हत्याउँदै ह्याट्रिकको दाउमा एपीएफ रहेको छ ।