राष्ट्र बैंकलको निर्देशन अक्षरशः पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई कार्यवाहक प्रधानमन्त्रीको कडा निर्देशन

title
बिहिबार, माघ १०, २०७५

काठमाडौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिनु भएको छ ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटन क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई
निर्देशन दिनु भएको हो । बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा क्षेत्रमा राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा प्रवाह गरे/नगरेको सरकारले कडा निगरानी राख्ने कार्यवाहक प्रधानमन्त्री पोखरेलको चेतावनी छ ।

बिहिवार राष्ट्रिय वाणिज्य बैंकको ५४औं बार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले वडा तहसम्म आफ्नो शाखा खोल्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा १ खर्ब ८० अर्ब निक्षेप संकलन गर्न सफल भएको छ भने १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेर १ अर्ब ६१ करोड मुनाफा आर्जन गर्न गरेको छ ।