राहादानीको बाहिरी रंंग परिवर्तन हुने

title
आइतवार, मंसिर २, २०७५

काठमाडौँ । सर्वसाधारणलाई जारी गरिने राहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो ।

सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालयको उच्चस्रोतले बताएको छ ।