रित्तिदै काठमाण्डौ, २२ लाख भन्दा बढी यात्रु बाहिरिए

title
बुधबार, अशोज ३१, २०७५

काठमाडौं । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा धेरै यात्रु बाहिरिएका हुन् ।

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको जनाएको छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिँदै गरेको महाशाखाले जनाएको छ ।

दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने माहाशाखाको भनाई छ । काठमाडौँबाट धेरै मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् ।

अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।