रिसको झोकमा अाफ्नै घरमा आगो लगाएपछि….

title
आइतवार, कार्तिक २५, २०७५

ताप्लेजुङ । रिसको झोकमा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका खोक्लिङका ३६ वर्षीय दिनेश शेर्पाले शुक्रबार राती आफ्नै घरमा आगो लगाएका हुन् ।

घरमै परिवारभित्र सामान्य विवाद हुदाँ रिसको झोकमा शेर्पाले घरमा आगो सल्काएका हुन् । आगोले घर पुर्ण रुपमा जलेर नष्ट हुदाँ २५ लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।