रुपन्देहीमा पाँच बलात्कारि पक्राउ

title
शनिबार, मंसिर २२, २०७५

रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका देवदह वडा नम्बर–५, का राजु परियार, बोधे परियार, दिनेश विक र देवदहकै जीवन खत्री सबै गाडीका हेल्पर र दैनिक मजदुरी गरेर खाने युवा हुन् । बालिकालाई लछारपछार गरेको देखेपछि गएराति स्थानीयले गरेको खवरका आधारमा नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको बालिकालाई रक्तश्राव भईरहेको र आफन्तले निवेदन दिएकाले स्वास्थ्य जाँच रिर्पोट अनुसार प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ ।