रुविनाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

title
बिहिबार, पुस २६, २०७५

काठमाडौं । थाइल्यान्डमा हुने वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीे घोषणा गरेको छ । टोलीमा उपकप्तान सरीता रानामगर, करुणा भण्डारी, सरीता मगर, नेरी थापा, इन्दु बर्मा, सानु खड्का, आरती बिडारी छन् ।

यस्तै, काजल श्रेष्ठ, रोमा थापा, कबिता कुँवर, ममता कुमारी चौधरी र बिन्दु रावलले पनि टोलीमा स्थान बनाएका छन् । तीन बैकल्पीक खेलाडीमा सबनम राई, रिताकुमारी कनुजिया, सुमन बिष्ट छन् ।

ट्वान्टी–२० स्म्यासका लागि टोलीले पुस ४ गतेबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । बिनोद दासको प्रशिक्षणमा रहेको टोली शनिबार थाइल्याण्ड जानेछ । ट्वान्टी–२० स्म्यासमा आयोजक थाइल्याण्डसहित भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, तान्जानिया, श्रीलंका, कुवेत, नामिबिया र नेपालगरी १० टोली सहभागी हुँदैछन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले २८ गते तान्जानियासँग खेल्नेछ । ३० गते नामिबियासँग खेल्ने नेपालले तेस्रो खेल माघ २ गते इन्डोनेसियाबिरुद्ध खेल्नेछ । चौथो खेलमा माघ ३ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ । थाइल्याण्डमै आयोजना हुने विश्वकपको छनोट तयारी स्वरुप थाइल्याण्डले प्रतियोगितामा आयोजना गरेको हो । फागुन ६ गतेबाट यहि टोलीले महिला ट्वान्टी–२० विश्वकप छनोट खेल्नेछ ।