
रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।