रुसी हस्तक्षेपबारे एक दिनअघि ट्रम्पले दिएको अभिव्यक्ति फेरियो

title
बुधबार, साउन २, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरेका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि ट्रम्पले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासूसी संस्थाहरुको दावीलाई मान्ने बताएका हुन् ।

फिनल्याण्डमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटका क्रममा ट्रम्पले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप नभएको अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो ।

आफ्नो अभिव्यक्ति तोडमोड भएको देखेपछि प्रष्टिकरण दिएको ट्रम्पको बयानमा उल्लेख गरिएको छ ।

रुसको हस्तक्षेप नभएको बताएलगत्तै उनकै पार्टी रिपब्लिकनका सीनेटर लिन्ड्से ग्राहमले ट्रम्पको अभिव्यक्तिले अमेरिका कमजोर भएको संकेत दिएको भन्दै आलोचना गरेका थिए ।