रूसमाथि ‘र्इयू’ले थप प्रतिबन्ध लगाउने

title
बुधबार, मंसिर १२, २०७५

एजेन्सी । पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरिरहेकी करिन नेइसलले सञ्चारकर्मीलाई बताएकी छिन् ।

‘सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ, उनले भनिन् ।अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीलाई सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहने बताएकी छन् ।

‘तर प्रतिबन्धबारे पुनः मुल्याङ्कन हुनु पर्ने देखिएको छ’, उनले थपिन्। रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएको छ ।