रेखाको सहज अवतरण असहज

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं । अभिनेत्री तथा निमात्री रेखा थापा यतिबेला आफ्नो पछिल्लो चलचित्र ‘मालिका’को प्रचार प्रसारमा व्यस्त छिन् । उनको चलचित्र आउँदो शुक्रबारबाट दर्शकमाझ आउँदैछ ।

त्यसो त विगतमा चलचित्रबाट सफलता बटुल्दै आएकी अभिनेत्री रेखाको यतिबेला सहज अवतरण भने देखिदैन । यही मितिमा निर्देशक माधव वाग्लेको चंगा चेट पनि प्रदर्शनमा आउँदै छ ।

त्यतिमात्र नभएर घटस्थापनाबाट रिलिज भएको दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा–३’ले अझै राम्रो व्यापारका साथै बहुसँख्यक सिनेमा हलमा प्रदर्शन भइरहेका कारण पनि थप चुनौती छ ।

यस्तै गएको फुलपातीबाट रिलिज भएको अशोक शर्माको चलचित्र ‘जय भोले’को व्यापार पनि अझै राम्रो भइरहेको छ । यो फिल्म पनि तिहारसम्म मुलुकका करिब पाँच दर्जन सिनेमा हलमा रहने देखिन्छ । यस्तो अवस्थामा मालिकाको सहज अवतरण असहज बनेको हो भने नायिका रेखा थापा चेपुवामा परेकी छिन् ।