रेखा र लयलाई ‘हरितारा चलचित्र पुरस्कार’

title
शुक्रबार, अशोज २६, २०७५

काठमाडौं । यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापालाई प्रदान गरिने भएको छ । पुरस्कारका संरक्षक मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार रेखा र लयलाई प्रदान गर्ने निर्णय गरेको हो ।
झन्डै दुई दशकदेखि निर्देशक संग्रौला र अभिनेत्री थापाले नेपाली फिल्म क्षेत्रमा पु¥याएको अथक योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ । यस्तै, उत्तम केसी र विजय रत्न तुलाधरलाई ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।
रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई ‘परिवर्तन सम्मान २०७५’ बाट सम्मान गरिने समेत निर्णय गरिएको जनाइएको छ । नेपालको फिल्म सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई लिइन्छ । त्यसो त अहिले रेखा थापा अहिले आफ्नो चलचित्र रामप्यारीका लागि दौडधूपमा रहेकी छिन् ।