रोनाल्डोलाई उछिन्दै यूरोपको वर्ष खेलाडी बने लुका मोड्रिच

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौं । यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई उछिन्दै रियल म्याड्रिडका लुका मोड्रिच २०१७-१८ को वर्ष खेलाडी बन्न सफल भएका छन्।

यूरोपियन फुटबल महासंघले बिहीबार राति फ्रान्सको मोनाकोमा भएको च्याम्पियन्स लिगको ‘ड्र’ का बीच मोड्रिचलाई उक्त अवार्ड प्रदान गरेको हो। ३१३ अंक प्राप्त गर्दै मोड्रिचले अवार्ड जितेका हुन्। पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोले २२३ अंकमात्रै प्राप्त गरे। यस्तैगरि लिभरपुलका सलाहले १ सय ३४ अंक मात्रै प्राप्त गरेका थिए।

यस्तै सोही कार्यक्रममा मोड्रिच वर्षकै उत्कृष्ट मिडफिल्डर समेत घोषित भए। गत सिजनसँगै लगातार रियललाई तीन पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन म्याड्रिडले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस्तै रुस विश्वकपमा क्रोएशियालाई उपविजेता बनाएका मोड्रिचले प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जितेका थिए।