रोनाल्डोलाई पछि पार्दै मेस्सिले जिते ’उत्कृष्ट बर्ष पुरुष फुटबल प्लेयर’ अवार्ड

title
बिहिबार, असार २६, २०७६

ऐजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ’इसपीआई उत्कृष्ट बर्ष पुरुष फुटबल प्लेयर’ अवार्ड हात पारेका छन् ।

बार्सिलोनाका कप्तान समेत रहेका चर्चित फुटबलर मेस्सीले क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डिज्कलाई पछि पारेर यो अवार्ड जितेका हुन् ।

अमेरिकन ब्रोडकास्ट टेलिभिजन नेटवर्कले मेस्सीलाई अवार्ड प्रदान गरियो । तर, मेस्सि अवार्ड कार्यक्रममा भने उपस्थित थिएनन् । मेस्सीले यस सिजना क्लबका लागि सबै खाले प्रतियोगितामा ५१ गोल गरेका थिए ।