रोल्पामा ५० वर्षपछि नचारु नाच प्रदर्शन

title
मङ्लबार, माघ ८, २०७५

रोल्पा । रोल्पाको थबाङमा ५० वर्षपछि परम्परागत नचारु नाच प्रदर्शन गरिएको छ । परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जिल्लाको ऐतिहासिक गाउँ थबाङ गाउँपालिकाले यो नाच प्रदर्शनको मेलोमेसो मिलाएको हो । थबाङका जेष्ठ नागरिकहरुको पहलमा गाउँपालिकाले बजेट विनियोजन गरेर परम्परागत नाचको जगेर्ना गरिएको थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले बताउनुभयो ।

सत्ययुगमा गुरु गोरखनाथले दैत्यको बध गर्न नसकेपछि नचारु नाचको पोसाकमा सजिंदा गुरु गोरखनाथलाई शक्ति प्राप्त भएकोको विश्वासका साथ यो नाच शुरु भएको बुढापाकाहरुको भनाई छ । यो लगायत परम्परागत संस्कृतिको संरक्षणका लागि थबाङ गाउँपालिकाले योजना बनाएको अध्यक्ष बीरबहादुर घर्तीले जानकारी दिनुभयो ।