
काठमाडौं। रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।
मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव आज बिहान फेला पारेको प्रहरीले जनाएको छ ।