लगातारको बर्षाले झापाका केही स्थान डुवानमा

title
शुक्रबार, असार २७, २०७६

झापा । तीन दिन देखिको लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा पेरका छन् भने अधिकांश क्षेत्र डुवान हुने अवस्थामा पुगेका छन् । बुधवारबाट परेको अविरल वर्षाका कारण ग्रामिण तथा शहरी क्षेत्रमा समेत डुवान हुन थालेको छ ।

स्थानीय रतुवा खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरे पछि गौरादह नगरपालिका वडा नम्बर ५ र ६ का स्थानिय विस्थापित भएको मेयर रोहितकुमार शाहले जानकारी दिनुभयो । उहाँले बाढीका कारण मानविय क्षती नभए पनि पशुचौपाय र धानवालीमा असर पुगेको जानकारी दिनुभयो ।

त्यसैगरी झापाको दक्षिणी क्षेत्रका केचना, घेराबारी, गौरीगञ्जलागायका ठाउँमा हल्का डुबान भए पनि कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएस्पी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म बाढी गाउँमा नपसे पनी पस्ने अवस्थामा पुगेको रेडक्रस झापाका अध्यक्ष लोकराज ढकालले बताउँनुभयो ।

झापाका मेचि, निन्दा, हँडिया, टिमाई, बिरिङ, कनकाई, र रतुवा लागायत खोलामा आएको बाढीले कटान तिब्र बनाएको छ । वर्षाका कारण अधिकांस विद्यालयहरु बिदा गरिएका छन् भने बजारहरु खुल्न सकेका छैनन् ।