लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः प्रधानमन्त्रीको आह्वान

title
शुक्रबार, बैशाख २०, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको भन्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गर्नु भयो । आज ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा उहाँले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान पनि गर्नु भयो । उहाँले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपालमा गरिएको लगानी खेर जान नदिन सरकारले सुशासनमा जोड दिएको पनि स्पष्ट पार्नु भयो । निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।