‘लभ स्टेशन’: केक काट्दै ‘इन्ड क्ल्याप’

title
शुक्रबार, मंसिर ७, २०७५

काठमाडौं । चलचित्र लिलिविलीबाट निकै रुचाइएका चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित सिनेमा ‘लभ स्टेशन’को इण्डक्ल्याप भएको छ । बुधबार राति ललितपुरको गोदावरी रिसोर्टमा केक काटेर चलचित्रको ‘इन्ड क्लाप’ गरिएको हो ।

तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै सिनेमाको क्लाप इन्ड गरिएको हो । सिनेमालाई उज्वल घिमिरेले निर्देशन गरेका छन् । निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ । अब बाँकी दुई गीतमध्ये हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीतको आगामी अँग्रेजी नयाँ वर्षको छेको पारेर जापानमा छायाँकन गरिने छ ।

चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । प्रेमकथामा आधारित यो चलचित्रको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको थियो ।

लभ स्टेशनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितका कलाकारको मुख्य भूमिका छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । चलचित्र प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए ।