‘लभ स्टेसन’मा पुनः प्रदीप र जसिता

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । चलचित्र ‘लिलिबिली’ मा एक साथ काम गरेका नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ फेरि एक साथ फिल्ममा देखिदैछन् । चलचित्र ‘लिलिबिली’ मा निकै लोभ लाग्दो देखिएको प्रदिप र जस्सिताको जोडीलाई दर्शकहरुले प्रदिप खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘लभ स्टेसन’ मा पुनः देख्न पाउने भएका हुन् ।

रियल लाइफमा समेत प्रेम रहेको भन्ने चर्चामा रहेको यो जोडीलाई दर्शकहरु फेरी पर्दामा हेर्न चाहिरहेका थिए । जुन कुरा अब पुरा हुने भएको छ । ‘लिलिबिली’ बाट रातारात चर्चाको शिखरमा पुगेकी जसिता फिल्म रिलिज हुने बित्तिकै लण्डन फर्केकी थिइन । पहिलो फिल्मबाट नै जसिताले यती राम्रो छाप छोडिन् कि सबैले उनिलाई धेरै सम्भावना बोकेको नायिकाको रुपमा व्याख्या गरे । नेपाल छोडेर लण्डन गए पनि जसितालाई लिएर फिल्म बनाउन चाहेका निर्माता निर्देशकहरुले भने उनिलाई पिछा गर्न छोडेनन् ।

लण्डन पुग्ने बित्तिकै जसिताको हातमा ४ वटा फिल्मको स्क्रिप्ट परेको थियो । जसमध्ये एक थियो प्रदिपको ‘लभ स्टेसन’ । त्यही बेला जस्सिताले फिल्मको स्क्रिप्ट आफुले हेरिरहेको र स्क्रिप्ट मन परे काम गर्ने बताएकी थिइन । जनाइएका अनुसार जसिता प्रदिपको बिशेष आग्रहमा लभ स्टेसनमा काम गर्न तयार भएको बुझिएको छ । फिल्म कै लागि भनेर जसिता हाल लण्डन बाट नेपाल आएकी छिन् । उनी अहिले चलचित्रको वर्कसपमा ब्यस्त छिन् ।

काफिया फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई भेट्रोन निर्देशक उज्जवल घिमिरेले निर्देशन गर्ने छन् । चलचित्रको लागि थाप एक नायिकाको खोजी भइरहेको र यसको लागि निर्माण टिमले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग छलफल गरिरहेको छ । अर्की एक नायिका फाइनल हुने बित्तिकै फिल्म फ्लोरमा जाने तयारीमा रहेको छ । लभस्टोरी जनरामा बन्ने फिल्मको सुटिङ अछि नै रिलिज मिति फाल्गुन २४ गतेलाई तय गरिएको छ ।