‘लिलिबिली’ अब अष्ट्रेलियामा

title
बुधबार, साउन ९, २०७५

काठमाडौं । नायक प्रदिप खड्काको चलचित्र ‘लिलिविली’ अष्ट्रेलियाको दुई शहरमा प्रदर्शन हुने भएको छ । यही साता अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा सिनेमा लिलिबिली प्रदर्शन हुने भएको हो ।

नायक प्रदीप खड्का विशेष कामका लागि अष्ट्रेलिया पुगेको बेला नेपाली दर्शकको माग अनुसार सिनेमा प्रदर्शन गर्न लागिएको निर्माता गोविन्द शाहीले जनाएका छन् ।

गत चैत्र ३० गते प्रदर्शनमा आएको सिनेमा लिलिबिलीले बक्स अफिसमा राम्रै कलेक्सन गरेको थियो । यही चलचित्र मार्फत नायिका जसिता गुरुङले डेब्यु नायिकामा अवार्ड समेत पाउन सफल भएकी छिन् । ५१ औँ दिन समेत मनाउन सफल भएको सिनेमा लिलिबिलीबाट नायक प्रदीप खड्काले २२ लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । जुन तत्कालिन समयमा सबै भन्दा धेरै पारिश्रमिक लिने नायकको सूचीमा प्रदीप परेका थिए ।

सिनेमा लिलिबिलीमा नायक प्रदीप खड्कासँगै प्रियङ्का कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको भूमिका रहेको छ । मिलन चाम्सद्धारा निर्देशित सिनेमा लिलिबिलीलाई गोविन्द शाही र सुदीप खड्का मिलेर निर्माण गरेका हुन् ।