लुम्बिनी कोषमा विवदित व्यक्ति

title
बिहिबार, साउन ३१, २०७५

काठमाडौं – सरकारले अनियमिततामा मुछिएका र अख्तियारको कारबाही सिफारिसमा गरिएका सहसचिव विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्य-सचिव नियुक्त गरेको छ ।

नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण निर्णय कार्यान्वयन हुन भने नसकेको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

मन्त्रिपरिषदले पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा नियुक्त गरेको हो ।

जिल्ला विकास समिति ललितपुरमा छँदा विनियम निर्माणको अनियमिततामा मुछिएका उनलाई पछि अख्तियारले कारबाही सिफारिस गरेको थियो । ढकालको नियुक्ति कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा समेत मुद्दा परेको छ ।