लोकतन्त्र दिवस : जनताले के पाए ? (भिडियो)

title
बुधबार, बैशाख ११, २०७६

श्रीकृष्ण सुवेदी । बैशाख ११ अर्थात लोकतन्त्र दिवस । १९ दिने दोश्रो जनआन्दोलन सफल भई तत्कालीन राजाको निरंकुश सत्तामा अंकुश मात्र लागेन पुनस्र्थापित भएको संसद हँदै राजतन्त्र नै समाप्त भयो ।

२०६२ साल चैत २४ गते सुरु भएको जनआन्दोलन ६३ साल बैशाख ११ गतेसम्म चल्यो । राजतन्त्रले घुंडा टेकी दलीय व्यवस्थामा शासन व्यवस्था फर्किएको दिनको सम्झनामा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । लोकतन्त्र स्थापनापछिको १३ वर्षमा राजतन्त्र विधिवत रुपमा अन्त्य भई गणतन्त्र संस्थागत भइसकेको छ ।

अनि संविधानसभाबाट आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको ६५ वर्षे सपना पनि यही अवधिमा सार्थक बनेको छ । अर्थात दोश्रो संविधानसभाले २०७२ असोज ३ गते ऐतिहासिक संविधान जारी ग¥यो । संविधान जारीपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धेरैको अपेक्षा थियो । तर यति नै बेला भारतले लगाएको नाकाबन्दी र मधेसमा भएको आन्दोलनले जनताको विकास र समृद्धिको भोक मेटाउनुको साटो मूलुक झन् झन् अस्थिरताबाट जकडियो ।

संबिधानले परिकल्पना गरे बमोजिम तीनै तहको चुनावमार्फत अहिले मूलुक राजनीतिक स्थायित्वको दिशामा अग्रसर देखिएको छ । तर आर्थिक व्यवस्थापन लगायतका बिषयमा अझै पनि उत्साहित भइहाल्ने अवस्था छैन । अहिले सार्वजनिक कार्यक्रममा नेताहरुले लोकतन्त्र र आर्थिक समृद्धिका कुरा गर्न छुटाउँदैनन् । तर, अवस्था कस्तो छ भने लोकतन्त्रबहाली पछि पनि बालबच्चा र आफ्नो पेट भर्नकै लागि लाखौं युवा विदेशिएका छन ।

भ्रष्टाचार बढ्ने र महंगीले जनताको ढाड सेकिरहेको छ । जनताले विश्वास गरेका नेताहरुको कद घटिरहेको छ । सहिद तथा घाइतेहरुको आक्रोश चुलिंदो छ । १२ बुंदे सहमतिका हस्ताक्षरकर्ता तथा १९ दिने आन्दोलनका अगुवाहरु पनि समिक्षा अबधीको गातिविधिमा सँतुष्ट छैनन् ।

१३ वर्षको बीचमा सयौं राजनीतिक नियुक्ती भए जसबाट विभिन्न पार्टीका हजारौं कार्यकर्ताले क्षमता भएर होस या नभएरै पनि जागिर पाए । अपराध गरेर पनि उम्कने मौका पाए । यतिमात्रै होइन ज्यान मुद्दामा मुद्दा चलेकादेखि किर्ते गरेर बढुवा भएको आरोप लागेका व्यक्तिले पनि चुनावमा टिकट पाएर मन्त्री बन्ने अवसर पाए ।

अर्थात लोकतन्त्र स्थापनापछिको १३ बर्षले राजनीतिक व्यवस्था परिवर्तनको अनुभूति दिएपनि जनताको जीवनस्तरमा भने परिवर्तन आउन सकेको छैन ।