लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

title
बुधबार, पुस २५, २०७५

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक)नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खोलेको छ ।
खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

यस्तै दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो ।