लोक सेवाले माग्यो ठूलो संख्यामा अधिकृत (विज्ञापन सहित)

title
बुधबार, मंसिर २६, २०७५

काठमाडौं । सामान्य र स्वास्थ्य मन्त्रालयको माग विवरण नआएपनि लोक सेवाले भने विज्ञापन खोल्ने बताएको छ। उसले माग विवरण आएजतिको विज्ञापन आह्वान गर्ने बताएको हो।

ठूलो संख्या अधिकृतस्तरको विज्ञापन आह्वान गर्ने तयारी गरिरहेको आयोगले शाखा अधिकृत दुई सय ५० शाखा अधिकृतसहित उपसचिव, सचिव गरी ३ सय जनाको विज्ञापन आह्वान गर्न लागेको हो।

न्याय, कानुन, सरकारी वकिल सेवा, व्यवस्थापिकक संसद र लेखा परीक्षण सेवाको विज्ञापन आह्वान हुने छ। ‘संघको सेवाको मात्रै विज्ञापन आह्वान हुन्छ । ‘समायोजनमा पर्नेको माग विवरण आएको छैन आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भन्नुभयो ।’

मैनालीका अनुसार माग विवरण आएका जतिको परीक्षा कार्य तालिका अनुसार नै सञ्चालन गर्ने र न्याय महालेखापरीक्षकको माग विवरण आएको आधारमा विज्ञापन खोल्ने बताउनुभयो ।

पूरा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुस्