
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता डा.शरदसिंह यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार पार्टी प्रवेश गरेसँगै उनले आजै जनमत पार्टीको सदस्यता पनि ग्रहण गरेका छन् ।
शंखमुखलस्थित जनमतको पार्टीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो पार्टीका अध्यक्ष सीके राउतले प्रवेश उनलाई प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्दै नेता यादवले मधेसको अधिकार र पहिचानप्रति जनमत पार्टी चिन्तित रहेको र सो अनुसार काम पनि गरिरहेको हुनाले आफू पार्टी प्रवेश गरेको बताए । परिवर्तनका लागि जनमत पार्टी तराई मधेसका सङ्घर्षरत रहेको बताउँदै उनले पार्टीले जुन तरिकाले आफूलाई अगाडि बढाएको छ त्यसले मात्र तराई मधेसको समस्या समाधान हुने बताए ।
लोसपा अव्यवस्थित पार्टी भएको भन्दै उनले सोही कारण आफूले पार्टी परिवर्तनको निर्णय लिएको बताए ।