ल्यापटप पनि छाडेनन् नेताले

title
शनिबार, भदौ २३, २०७५

काठमाडौं – राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै पिर्ता गरेका छैनन् ।

समाचारमा उल्लेख गरिएअनुसार, संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् ।

यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

स्टोर शाखा प्रमुख माली भन्छन्, ‘यसबारेमा नेताहरुलाई खबर गरिएको छ । उहाँहरुले आफैंले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।’

मालीकै भनाइमा नियमाअनुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक काम हो । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।