जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • वडादेखि नै नीतिगत भ्रष्टाचार भइरहेको छ : तोसिमा कार्की

वडादेखि नै नीतिगत भ्रष्टाचार भइरहेको छ : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सीमित हुन नहुने बताएकी छन् ।

मंगलबार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यावसायिक छलफल कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलासँग सम्बन्धित विषयहरू कानुनी साक्षरता, स्तन क्यान्सरको विषयमा जनचेतनामूलक कार्यक्रम साथै वडामार्फत महिलाहरूको लागि विभिन्न तालिमका विषयमा छलफल गरेकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सप्‍ताह कार्यक्रमको पहिलो दिन उनले महिला दिवस दिवसमा नै सीमित नभई ३६५ दिन नै महिला शक्तिकरणका अभियानहरू चलाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘अन्तर्राष्ट्रिय महिला दिवस भनेर दिवसमा मात्र सीमित हुनुहुँदैन । ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्छ । भ्रष्टाचार भनेर ठूला ठूला काण्डहरूमा मात्र सीमित हुने होइन वडामा पनि तालिमहरूको लागि आएको बजेटमा पनि भ्रष्टाचार भइरहेको हुन्छ । त्यहाँ नीतिगत भ्रष्टाचार भइरहेको हुन्छ । कहिलेकाहीँ एउटा महिलाले १० वटा तालिम लिए पनि व्यवसायसँग जोड्न सकिरहेको हुँदैन । कुनैले व्यवसाय गर्न खोजेको हुन्छ तालिम पाएको हुँदैन ।’

उनले महिलाहरूलाई स्वजागरण गराउने, आफ्नो लागि आएको बजेट कहाँ उपयोग भइरहेको छ त्यसको खोजी गर्न नसकिरहेको बताएकी छन् । डा.कार्कीले राज्यका निकायहरूले कार्यक्रम ल्याए पनि त्यो कार्यक्रम नागरिकहरूलाई थाहा नै नभएको पनि गुनासो गरिन् ।

महिलाको अर्थपूर्ण सहभागिता आजको अपरिहार्यता भन्ने नारासहित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायीक छलफल कार्यक्रम भएको हो । ‘स्तन क्यान्सर रोकथामका लागि जागरूक बनौँ, समयमै परीक्षण गरौँ !’ भन्ने नारासहित कार्यक्रम भएको हो ।

धेरै टिप्पणी गरिएका