‘वाइडबडी’ विमान प्रकरण: सांसदहरु बिभाजित, पक्ष र बिपक्षमा यस्ता छन् धारणा

title
शनिबार, पुस २१, २०७५

काठमाडौँमा। नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उप–समितिको प्रतिवेदनलाई लिएर सांसदहरुबिच आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

शनिवार काठमाडौँमा भएको साक्षात्कारमा नेकपा सांसदले प्रतिवेदन हुबहु पारित गर्न नसकिने बताए भने कांग्रेसका सांसदले भने उप–समितिको प्रतिवेदनलाई पूर्णता दिएर पारित गर्नुपर्ने बताए ।

साक्षात्कारमा नेकपा सांसद बिशाल भट्टराइले विमान खरिदमा भ्रष्टाचार भएको हुन सक्नेमा सबै सहमत देखिएपनि पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेमकुमार राईलाई गरिएको कारबाही सिफारिसमा प्रश्न गर्नुभयो ।

त्यस्तै सांसद चन्दा चौधरीले वाईडबडी खरिदमा अनियमितता भएको भन्दै मन्त्री रवीन्द्र अधिकारीलाई बचाउनको सरकारले समिति गठन गरेको आरोप लगाउनुभयो । त्यस्तै सांसद तेजुलाल चौधरीले गल्ती भएको भन्ने जानकारी हुँदा हुँदै रकम निकासा गरेर गलत काममा सहयोग पुर्याउनेलाई कारबाही हुनुपर्ने तर्क गर्नुभयो ।

कांग्रेस सांसद केसी संयोजकत्वको उपसमितिले तयार गरेको प्रतिवेदनमा बहालवाला पर्यटन मन्त्रीसहित दुई पूर्वमन्त्री, तत्कालिन दुई पर्यटन सचिव, बहालवाला पर्यटन सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार दोषी देखिएको भन्दै कारवाही गर्नुपर्ने सिफारिस गरेको छ ।