जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • वाइफाइको विषयमा झगडा हुँदा हजुरबुवाको मृत्यु, नातिनातिना हिरासतमा

वाइफाइको विषयमा झगडा हुँदा हजुरबुवाको मृत्यु, नातिनातिना हिरासतमा

पर्सा। वाइफाइको विषयलाई लिएर आफन्तबीच भएको झैझगडामा ८० वर्षीय वृद्धको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटना पर्साको पोखरिया नगरपालिकाको हो ।

घटनामा पोखरिया नपा–८ जगातपुर निवासी ८० वर्षीय वृद्ध रमजान देवानको मृत्यु भएको हो । हजुरबुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा २० वर्षीय नाति काबुल भन्ने आजाद देवान र १८ वर्षीया नातिनी खुश्बु खातुन पक्राउ परेका छन् ।

हाल आरोपित दाजुबहिनी इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा छन् । प्रहरीले ज्यानसम्बन्धी कसुर अपराधमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रमजानको शव नारायणी अस्पताल वीरगञ्जमा परीक्षण गरिएको छ । शव परीक्षणको नतिजा आउन बाँकी छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्माका अनुसार सोमबार साँझ करिब ४ बजेको यो घटना भएको हो । झगडा पछि रमजान गम्भीर भएका थिए । उनलाई उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक शर्माका अनुसार वाइफाइको विषयमा परिवारका सदस्यबीच झगडा हुँदा घटना घटेको हो।

धेरै टिप्पणी गरिएका