वाद र प्रतिवाद हाेइन वास्तविक सूचनामा जोड दनुपर्छः सूचना आयुक्त तिम्सिना

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौं । राष्ट्रिय सूचना आयोगका आयुक्त योशोदा तिम्सिनाले नेपालमा लैङ्गिक हिंसाको अन्त्यको लागि सञ्चार माध्यमको भूमिका सवैभन्दा महत्वपूर्ण भएको भन्दै मिडियाले एकतावद्ध भई समचार संप्रेषण गरी आम नागरिकमा सकारात्मक सूचना प्रवाह गरे हिंसा न्यूनीकरण हुने दावी गर्नुभयो । उहाँले देशमा सामाजिक मुल्य, मान्यता तथा रितिरिवाजका कारण हिंसा हुने गरेको बताउँदै कुनै पनि कामको वाद र प्रतिवाद गर्नुभन्दा पनि वास्तविक सूचनाको आधारमा अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको संविधानत सूचनाको हक अधिकार सवै नागरिकमा समान रुपमा रहेपनि अधिकारको वारेमा खोजमूलक कार्य गर्न नसक्नु दुःखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो, सूचनाको जानकार व्यक्ति देश र समाजको धनि व्यक्ति हो । जसले समग्र समाज तथा देशको नेतृत्व गरी देशलाई समृद्ध बनाउन सक्छ ।

जागरण नेपाल, संचारका समूह र मेन (पुरुष) इन्गेज अलाइन्सको आयोजनामा भएको लैङ्गिक समानताका लागी पुरुष सहभागीता र संचार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्दै संचारका समूहका अध्यक्ष नीतु पण्डितले व्यक्ति, घरपरिवार, समाज र राज्यमा समानता नहुनु नै लैङ्गिक हिंसा भएको बताउनुभयो । देशमा पुरुषले मात्र नभई महिलाले पनि महिलामाथि नै हिंसा गर्ने गरेको तितो यथार्थ रहेको समेत बताउनुभयो । उहाँले विश्वमा विज्ञान प्रविधिको विकासले समेत महिला हिंसा हुने गरेको बताउनुभयो ।

जागरण नेपालको व्यवस्थापक मिना विष्टले म पनि वोल्छु भन्ने लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान २०१८ ले जनचेतनामूलक कार्य अघि बढेको बताउनुभयो । उहाँले महिलाले मात्र यो अभियान सञ्चालन गरेमा अपेक्षित रुपमा लक्ष्य पुरा गर्ने नसकिने भन्दै महिलाले वोलेर मात्र समाजमा समानता नआउने भएकाले हिंसा अन्त्य गर्नको लागि पुरुषको सहभागिता अनिवार्य भएको बताउनुभयो ।

मेन (पुरुष) इन्गेज अलाइन्सका अध्यक्ष कृष्ण थापाले हिंसा अन्त्यको लागि पुरुष सहभागिता अपरिहार्य रहेको बताउँदै सामाजिक, सांस्कृतिक, धार्मिक लगायतका रुढिवादी मान्यताका कारण हिंसा बढी हुने गरेको बताउनुभयो । उहाँले हिसां नियन्त्रण गर्न सवै नेपाली नागरिक एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नहुने बताउनुभयो । परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्दै वरिष्ठ पत्रकार टंक पन्तले परवारलाई सुधार गर्नु नै हिसांको अन्त्य हुने बताउनुभयो । उहाँले सामाजिक न्यायको सिान्तलाई सवै नागरिकले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।