विकाशको नयाँ प्रोजेक्टमा स्वस्तिमा पक्का

title
सोमवार, अशोज ८, २०७५

काठमाडौं । अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्का सफल निर्माता तथा निदेर्शक विकाशराज आचार्यको नयाँ प्रोजेक्टमा देखिने पक्का पक्की भएको छ । ‘कुटुमा कुटु’ गीतको लोकप्रियता र ‘छक्का पञ्जा २’ सुपरहिट भएपछि नेपाली चलचित्रमा स्वस्तिमाको हाइप एकाएक बढेको हो ।

पाँचौ हप्तामा प्रदर्शनरत ‘नाईं नभन्नू ल ५’ हिट भएपछि त उनको डिमाण्ड झन बढी चुलिएको छ । अब, उनलाई लिएर भेट्रोन निर्देशक आचार्यले फिल्म ‘हजार जुनी सम्म’ बनाउने भएका छन् । निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ । ‘नाईं नभन्नू ल ५’ कै बेलादेखि उनीसँग कुरा भएको थियो ।

वाइन लाइन स्टोरी पनि सुनिसकेकी छन् । उनले फिल्म गर्ने कन्फर्म हो’, आचार्यले भने । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अहिले हिरोको खोजी भइरहेको छ । यसअघि उक्त फिल्म युवा स्टार प्रदीप खड्कालाई अप्रोज गरिएको थियो । व्यस्तताका कारण उनले गर्न सकेनन् ।

सामिप्यराज तिमल्सिना र निर्देशक आचार्यले ‘हजार जुनी सम्म’ को कथा लेखेका छन् । बाल कलाकार अनुभव रैग्मीकी आमा कविताले फिल्म निर्माण गर्नेछिन् । तिहारपछि फिल्मको छायांकन हुनेछ ।