विक्रम र आकांक्षाको ‘महसुस’ सार्वजनिक

title
आइतवार, असार १, २०७६

काठमाडौं– गायक विक्रम धमला र गायिका आकांक्षा बस्यालको स्वरबद्ध गीत ‘महसुस’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल मार्फत शुक्रवार दिउसो सार्वजनिक गरीएको उक्त भिडियोले एक लाख भिउ पाइसकेको छ । नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका उक्त भिडियोमा निर्देशक निकेश खड्काको एक्सन कटमा निर्माण गरीएको छ । कुलेखानी लगायतका विभिन्न मनोरम दृश्य भएको स्थानमा छायाङ्कन यस म्युजिक भिडियोलाई बुद्व थापाले खिचेका हुन् भने विकास धमलाको सम्पादन रहेको छ ।

‘महसुस’ गितमा सुरज शाही ठकुरीको शव्द, संगीत तथा एरेञ्ज रहेको छ । यस अघि आहत नामक एल्बमका साथ बजारमा आएका बिक्रम धमलाले पछिल्लो ४ बर्षमा १० गितमा आवाज दिइसकेका छन् ।