विजुलीको ट्रान्सफर्मरले चितुवा र चरीबाघको ज्यान लियो (फोटोफिचर)

title
शनिबार, जेष्ठ ३२, २०७६

काठमाडौँ । विजुलीको ट्रान्सफर्मरमा चढेको चितुवा र चरिबाघले ज्यान गुमाएका छन् । यो घटना काठमाडौको कागेश्वरी मनहरा वडा नम्बर १ को राममन्दिर नजिकको हो ।

विजुलीको ट्रान्सफर्मरमा परेर चितुवा मरेको अर्कोदिन त्यही ट्रान्सफर्मरमा परी चरिबाघ समेत मरेको हो ।

चितुवा र चरिबाघ मरेको देखेपछि स्थानीयले जिल्ला वन कार्यालयलाई खबर गरेका थिए ।

चितुवा र चरिबाघ शिवपुरी आरक्षण क्षेत्रबाट आएको हुनसक्ने स्थानीयले बताएका छन् ।

भुमाफियाले प्लटिङ गर्दा विजुलीको पोल र ट्रान्सफर्मर समेत पुरिएका कारण चितुवा र चरिबाघ परेको स्थानीयले बताएका छन् ।

तस्विरः रञ्जन खड्का