विजुली नबलेपछि चिम्वाङ्ग गाउँ महिनौदेखी अन्धाकार

title
मङ्लबार, माघ २९, २०७५

सृजना लम्साल/धादिङ । धादिङको चिम्वाङ्ग गाउँका बासिन्दा विजुली नबलेपछि अन्धकारमा बस्न बाध्य भएका छन् ।

लाईन सर्ट भएर विद्युत् वितरणमा प्रयोग हुने मदरर्बोड जलेकोले बेनीघाट रोराङ्ग गाउँपालीकाको चिम्वाङ्ग गाउँमा महिनौदेखी अन्धाकार छाएको हो । २०६८ सालमा लवाङ्ग खोलाबाट निकालीएको विद्युतगृह भुकम्पले विग्रिए पछि मर्मत गरी संञ्चालनमा ल्याईएको थियो ।

संञ्चालनको एक वर्ष नवित्दै पटक पटक विजुली विग्रिएकोले यहाँका जनताले विजुलीे बाल्न नपाएका हुन् ।

चिम्वाङ्गका स्थानीयहरु अहिले सामान्य मोवाइल चार्ज गर्न समेत घण्टौ धाएर ताल्ती आउन बाध्य छन् भने एसईई परिक्षाको तयारीमा लागेका विद्यार्थीहरुलाई समस्या परेको छ । तत्काल मर्मतका लागि सरोकारवाला निकायले बेवास्ता गरेको गाउँलेहरुको गुनासो छ ।

जिल्लाको विकट गाउँ चिम्वाङ्गमा एक सय २९ घर धुरीका स्थानीयहरु अहिले अन्धाकारमा बस्न बाध्य छन् ।