‘विजेता इको कम्युनिटी’द्वारा बालबालिकालाई लत्ताकपडा वितरण

title
आइतवार, जेष्ठ ५, २०७६

काठमाडौ । विजेता इको कम्युनिटीले काठमाडौको सुन्दरीजलमा निम्न आय भएका बालबालिकाको लागी पुस्तक, लत्ताकपडा लगाएतका सामाग्री वितरण गरेको छ ।

विजेता पर्या समान अन्तर्गत कम्युनिटीले टेराकोया ट्युसन सेन्दरमा अध्ययन गर्दै आएका ४५ जना विद्यार्थीलाई सामग्री वितरण गरेको हो ।

‘प्लास्टीकजन्य बस्तुको प्रयोग नगरौं’ भन्ने नाराका साथमा भएको कार्यक्रममा प्रदेश सांसद रामेश्वर फूयाल, गोकर्णेश्वर नगरपालीका वडा. नम्बर १ का अध्यक्ष राम मानन्धर, संस्थाको अध्यक्ष बद्रि खनालसहित सामाजिक अभियन्ता लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रमका सह आयोजक विशाल खनालले विजेता पर्या समाजले सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।