विदेशीलाई नागरिकता !

title
बिहिबार, मंसिर ६, २०७५

उदयपुर : भारतीय महिला लजिना खातुनलाई नेपाली नागरिकता दिएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको छ । छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ ।

झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् । भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।