विदेशी क्लबमा चम्किंदै नेपाली खेलाडी

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं । पछिल्लो समय नेपालली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटबलमा आशातित प्रदर्शन गर्न नसके पनि नेपाली राष्ट्रिय टोलीका केही खेलाडीले विदेशी क्लबमा आवद्ध भइ शानदार प्रदर्शन गरिरहेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा उच्च प्रदर्शनलार्ई निरन्तरता दिइरहेको छ भने नेपाली राष्ट्रिय फुटबल टोलीकै अर्का सदस्य रोहित चन्दको पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा उच्च प्रदर्शनलाई जारी राखेको छ ।

किरण आवद्ध टोलीले मंगलबार राति भएको लिगमा खेलमा फोकाईधु क्लबलाई ५–१ गोल अन्तरले हराएको थियो । टोलीलाई जित दिलाउन मोहमद समीरले ह्याट्रिक गरे । यस्तै इब्राहिम महुधी र अली अस्फाकले एक एक गोल गरे । फोकाईधुका अहमद उसमानले सान्त्वना गोल फर्काए । माल्दिभ्सको माथिल्ला लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका किरणले फोकाईधुविरुद्ध पनि उच्च प्रदर्शन गरेका थिए । यो जितसंगै टिसी लिगको शीर्ष स्थानमा कायम रहेको छ । टिसीले १२ खेलबाट ३३ अंक जोडेको छ । ९ अंक जोडेको फोकाईधु सातौं स्थानमा छ ।

उता रोहितको टोलीले पनि मंगलबार बारिटो पुटेरालार्ई ३–० ले हराउँदै रोहितको टोली लिग तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको थियो । पर्सिजाको जितमा मार्को सिमिकले २ र सितेयवान नोभ्रीले १ गोल गरेका थिए । सिमिकले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पर्सिजालाई अग्रता लिएका थिए । पहिलो हाफको इन्जुरी समयमा सितेयवानले गोल गरेपछि पर्सिजाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

सितेयवानको गोलमा रोहितले पास मिलाइ दिएका थिए । ७४ औं मिनेटमा सिमिकले अर्को गोल थपेका थिए । २८ खेलमा पिएसमए ५० अंकसहित शीर्षस्थानमा रहेको छ । एक खेलक कम खेलेको पर्सिजाको ४८ अंक छ । बंगलादेशमा भदौंमा आयोजना भएको साफ च्याम्पियनसिपमा भाग लिएर रोहित त्यहिबाट इन्डोनिसिया गएका थिए । त्यसपछि बंगलादेशमै असोजमा भएको बंगबन्धु गोल्ड कपमा भने रोहित र राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ टोलीमा फर्केनन् ।