विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना

title
बिहिबार, माघ २४, २०७५

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहिवारको बैठकमा पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।

यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाई सत्य नभएको दावी गर्नु भयो । उहाँले मुलुकको विदेश नीति सुदृढ हुँदै गएको पनि बताउनु भयो । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदुत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघि नै नियुक्ती प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराउनु भयो ।

गत असार २४ गते बसेको मन्त्रीपरिषद बैठकबाट पारित गरेको राजदुत नियुक्ती सम्बन्धि निर्देशिकामा पद खाली हुनु ३ महिना अघि नै राजदुत नियुक्तीको प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्ती गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको पनि दावी गर्नु भयो ।