विद्यामा व्यापारः कहिलेसम्म लुट्छौ ?

title
मङ्लबार, बैशाख ३, २०७६

सिर्जना मिश्र । निजी विद्यालयको दबाबपछि काठमाण्डौ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि २७ प्रतिशतसम्म शुल्क बढाउने अनुमति दिएको छ । विद्यालय सञ्चालकले पोषाक र पुस्तकमा समेत एकाधिकार कायम गरेर कमिसन खाएको आरोप लागिरहँदा अचाक्ली शुल्क बढाइदा अभिभावकहरु मारमा परेका छन ।

महानगरको यस्तो निर्णय दबाबमा भन्दा पनि मिलोमतोमा भएको अभिभावहरुको आरोप छ । त्यसोत, टोल टोलमा टागिएको “भर्ना खुल्यो” भन्ने ठूलठूला र महंगा पोष्टरले समेत व्यापारीकरणमा प्रोत्साहन गरेको देखिन्छ । भड्किलो खर्च गरेर विद्यार्थी आकर्षित गरिरहेका तिनै विद्यालयलाई यतिबेला महानगरपालिकाले पोस्ने काम गरेको छ भन्दा अतिशयोक्ति नहोला ।

किनकी महानगरपालिकाकाले निजी विद्यालयहरुलाई न्यूनतम १० देखि अधिकतम २७ प्रतिशतसम्म शुल्क बृद्धिका लागि अनुमति दिएको छ ।महानगरपालिकाका अनुसार शुल्क बृद्धि शैक्षिक उपलब्धी, विद्यार्थीलाई दिइएको सुबिधा जस्ता बिभिन्न मानकका आधारमा क देखि घ बर्गसम्मका लागि अलग÷अलग हुनेछ ।

काठमाण्डौ महानगरपालिकामा ९१ ओटा सामुदायीक विद्यालय र ६ सय ४५ ओटा संस्थागत विद्यालय सञ्चालनमा छन । जहाँ संस्थागत विद्यालयमा १ लाख ५८ हजार ९ सय ७१ बिद्यार्थी अध्ययनरत छन । २ बर्षदेखि शुल्क बृद्धिको दबाब खेपेको महानगरपालिकाले यसपटक भने निजि विद्यालय सञ्चालकलाई रिजाएको छ ।

नयाँ व्यवस्था अनुसार विद्यालय शुल्क निर्धारण र नियमनको व्यवस्था स्थानीय तहको क्षेत्राधिकारमा परेपछि महानगरपालिकाले संस्थागत विद्यालयको अधिकतम मासिक शुल्क सिमा निर्धारण गरेको हो । बृद्धि भएको शुल्क अनुसार आधारभूत तह अर्थात कक्षा १ देखि ५ सम्म क्रमश क बर्गका लागि २८ सय १२ रुपैया तोकिएको छ ।

सोही तहका लागि यसअघि २३ सय ६३ रुपैया तिरे पुग्थ्यो । नया शुल्क अनुसार यस्तै ख बर्गका २४ सय १८, ग बर्गका लागि २ हजार २४ र घ बर्गका लागि १६ सय ३० रुपैया तोकिएको छ । महानगरले आधारभूत तह अन्तर्गतकै कक्षा ६ देखि ८ सम्म क बर्गका लागि ५ सय ५१ रुपैयाँ शुल्क बढाउन निजी विद्यालयलाई स्विकृती दिएको छ ।

यसअघि २७ सय रुपैया“ शुल्क लिइदै आएकोमा अब ३२ सय ५१ रुपैया तिनुपर्नेछ । यस्तै ख बर्गका लागि २८ सय १, ग बर्गका लागि २३ सय ५१ र घ बर्गका लागि १९०१ रुपैयाँ तोकिएको छ । यस्तै माध्यामिक तह अर्थात कक्षा ९ र १० को शुल्क समेत बढाइएको छ । बृद्धि भएको शुल्क अनुसार अब क बर्गको माध्यामिक तहमा अध्ययनरत विद्यार्थीले मासिक शुल्क नै ४३ सय ७४ रुपैयाँ तिर्नुपर्नेछ ।

जुन यसअघि तिरिदै आएको रकम भन्दा झण्डै ७ सय रुपैयाले बढी हो । यस्तै ख बर्गका लागि ३७ सय ६२, ग बर्गका लागि ३१ सय ४९ र घ बर्गका लागि २५ सय ३७ रुपैया तोकिएको छ । यो शुल्क बृद्धि अभिभावक र विद्यालय सञ्चालहरुको सहमतिमा गरिएको महानगरपालिकाले दावी गरेको छ ।

तर अभिभावक संघले भने शुल्क बृद्धिमा अभिभावक संघको साथ नरहेको जनाएको छ । संघले शुल्क बृद्धि महानगर र निजी विद्यालय सञ्चालकको घोषणापत्र जस्तो भएको अभिभावक महासंघ नेपालका अध्यक्ष केशव पुरीको टिप्पणी छ । जानकारहरु भने शुल्क, पोषाक र पाठ्य पुस्तक खरिदमा हुने मनोमानी तथा विद्यामा भइरहेको व्यापार दुई खाले शिक्षा कायम राखिरहने व्यवस्थाको बिकृत परिणाम भएको बताउछन ।