विद्यालय क्षेत्र विकास कार्यक्रमलाई जापानले ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने

title
शुक्रबार, अशोज १९, २०७५

काठमाडौ । जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने कार्यक्रमको उद्देश्य÷गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन÷अध्यापनको सुधार भएको अर्थ मन्त्रालयले जनाएको छ । सम्झौता कार्यक्रममा सहसचिव नेपालले नेपालको आर्थिक सामाजिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकोमा आभार व्यक्त गर्नुभयो ।

त्यस्तै राजदूत साइगोले शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित हुँदा दिगो विकासको लक्ष्य हाँसिल गर्ने दिशामा सहयोग पुग्ने बताउनुभयो ।