विधान संसोधन मस्यौदालाई अन्तिम रुप दिन काँग्रेसद्वारा प्रदेशस्तरीय छलफल शुरु

title
सोमवार, अशोज ८, २०७५

काठमाडौँ । नेपाली काग्रेसले विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन प्रदेश स्तरीय छलफल सुरु गरेको छ । काग्रेसले सोमबार पार्टी कार्यालय सानेपामा तीन नंवर प्रदेशबाट मस्यौदालाई अन्तिम रुप दिन छलफल सुरु गरेको हो । मस्यौदालाई अन्तिम रुप दिनका लागी सुझाव संकलन गर्न समूह समूह बनाएर तीन नंवर प्रदेशमा काग्रेसले छलफल चलाएको थियो ।

प्रदेशबाट आउने सुझावलाई समेटेर विधान संशोधन मस्यौदालाइ अन्तिम रुप दिने मस्यौदा समितिका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

विधानमा वीपीका विचारलाई निरन्तरता दिँदै संघीयताबमोजिमका संरचनाहरुसमेत समावेश गरिने र पार्टीमा केन्द्रीय समितिदेखि गाउँ टोल समितिसम्म ८ वटा तह निर्माण हुने व्यवस्था गरिएको काग्रेसले जनाएको छ ।

यहि असोज १३ गते सम्म ६ टोलीले देशका १२ स्थानमा मस्यौदा माथि छलफल गराउने र दफावार सुझाव संकलन गर्ने काग्रेसको तयारी छ । समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई काँग्रेसको मंसीरमा आयोजना हुने महासमिति बैठकले व्यापक छलफल गरी अनुमोदन गर्नेछ ।