विनिता राईको ‘लैजा लैंजा यो बैश लैजा’ सार्वजनिक

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । गायिका विनिता राईले ‘लैजा लैंजा यो बैश लैजा! बोलको पप आईटम म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । सार्वजनिक भएको केही दिनभित्र गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ ।

संगीतकार तथा गायक डिबि तामाङको शब्द तथा सनाम पुरुष राईको संगीत रहेको यो भिडियोमा शब्द संगीतकार डिबि तामाङ र मोडल निशा तामाङले रोचक अभिनय गरेका छन् । युवा युगल जोडिबीचको आपसी माया प्रेम प्रशंग अनि बैशालु उमेर सँगै युवायुवतिमा चढ्न थालेको यथार्थता यस भिडियोमा समावेश गरिएको छ।

भिडियोलाई निश्चल के.सी. ले निर्देशन गरेका छन् भने विक्रम कार्कीले छाँयाङ्कन गरेका छन् । सुबास कुथुमी राईले दिएको र्याप र सरोज कुवँरको अभिनयले यो भिडियो निकै रोचक बनेको छ ।