विप्लवको बन्द, उपत्यकामा आंशिक प्रभाव, काठमाडाैं उपत्यकाका दुई ठाउँमा बम भेटियो

title
मङ्लबार, साउन २९, २०७५

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका कारण बिहानै देखि देशभरको जनजिवन प्रभावित भएको छ ।

केपी अाेली नेतृत्वको सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललगायत सयौं नेताकार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रति घोर आपत्ति जनाउँदै बन्दकाे अाह्वान गरिएकाे हाे।

बम निस्क्रिय पारियो
भक्तपुरको लोकन्थलीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पनजिक प्लाष्टिकको झोलामा प्रेसरकुकर राखिएको थियो ।
स्थानीयले उक्त झोला देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जनकारी पाउनासाथ घटनास्थल पुगेको सेनाको टोलीले बम निस्क्रिय पारेको हो । गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।

सूर्यविनायकमा​​​​​​​ पनि शंकास्पद वस्तु फेला
बन्दकै क्रममा भक्तपुरकाे सूर्यविनायकमा भेटिएकाे बम पनि सेनाकाे टाेलीले निस्क्रिय पारेकाे छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको थियाे ।

काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य रहेपनि सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।