विप्लवबारे गृहमन्त्री थापा र जनार्दन शर्माको फरक मत : संसदीय समितिमै घम्साघम्सी

title
सोमवार, असार ९, २०७६

काठमाडाै । गृहन्त्रीले दोहोरो भिडन्तमा मृत्यस भएको दावी गर्दा गर्दै ससदीय समितिले सरकारलाई विप्लवका सर्लाही इन्चार्जमाथी प्रहरीले गोली प्रहार गरेको घटनाको छानविन गर्न निर्देशन दिएको छ। यही अरास ५ गते सर्लाहीको लालबन्दी नगरपिलकामा मृत्यु भएका विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको जानकारी गरृहमन्त्री रामबहादुर थापाले समितिमा गराएका थिए।

तर, गृहमन्त्रीलाई नै गैरन्यायिक हत्या गरेर सरकारले नै द्वन्द्व बढाउने काम गरेको आरवप लगाएका समितिका सदस्यहरुको प्रभावमा समितिले घट्नाको एक हप्ताभित्र सत्यतथ्य छानविन गरी समितिमा पेश गर्ने निर्देशन दिएको हो ।

‘घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानवीन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएका छौ,’ समितिकी सभापति शशी श्रेष्ठले भनिन्।

बैठकमा समितिका सदस्यहरुले सरकारले मुडभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावी गरे। उनीहरुले सत्यतथ्य तत्काल छानविन गरी बाहिर ल्याउनसमेत माग गरेका थिए।