विप्लवलाई राजनीतिक प्रतिबन्ध लगाएर द्वन्द्व निम्ताएको कांग्रेस केन्द्रीय सदस्य केसीको आरोप

title
बिहिबार, फाल्गुन ३०, २०७५

भुपाल गुरुङ/कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले विप्लवलाई राजनीतिक प्रतिबन्ध लगाएर नयाँ द्वन्द्वको निम्ताई दिएको आरोप लगाउनुभएको छ ।

पोखरामा प्रेस युनियन कास्कीले आज (बिहिवार) गरेको पत्रकार भेटमा नेता केसीले राजनीतिक पार्टीहरुलाई मुलधार या शान्ती प्रकृयामा ल्याउनु राज्यको दायित्व रहेको भन्दै विप्लवसंग वार्ता र संवाद नगरि सरकारले हतारिएर नयाँ द्वन्द्वलाई आमन्त्रण गरेको आरोप लगाउनु भएको हो ।

नेता केसीले सिके राउतसंग सरकारले नाटकीय रुपमा सम्झौता गरेर राष्ट्र विखण्डनका गतिविधि गरिरहेको आरोप लगाउदै कांग्रेसले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिनुभयो ।

उहाँले राष्ट्रिय सुरक्षा घेरा भित्र बसेर राउतले गरेको राष्ट्र विरोधी गतिविधि निन्दानीय रहेको भन्दै राउतलाई तत्काल कारवहि गर्नुपर्ने बताउनुभयो ।