विप्लव नेतृत्वको नेकपाका नेता विश्वकर्मा पक्राउ

title
बुधबार, साउन २३, २०७५

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोको टोलीले प्रकाण्डलाई काठमाडौंको दक्षिणकाली नगरपालिका– १ चाल्नाखेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका प्रकाण्डको साथबाट चन्दा संकलनका लागि तयार पारिएका रसिदको ठेली बरामद गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले बताए ।