विप्लव नेतृत्वको नेकपाको जनप्रदर्शन काठमाडाैँमा शुरू

title
शनिबार, मंसिर ८, २०७५

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा बिशाल जनप्रदर्शन गरेको छ ।

पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपाले जनसभा आयोजना गरेको हो । भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी नहुने नेकपाले जनाएको छ ।

जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको छ ।