विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दः उपत्यकामा सामान्य प्रभाव

title
बिहिबार, फाल्गुन ३०, २०७५

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज ९बिहीबार० आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकामा न्यून देखिएको छ ।

सँधैझै सवारी साधन नचलेपनि विहानैबाट फाट्टफुट्ट भने सञ्चालनमा आएका छन् । विप्लव समूहले आह्वान गरेको बन्दलाई निस्प्रभावी बनाउन राजधानीको सुरक्षा व्यवस्था उच्च बनाइएको छ । मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

पछिल्लो समय विप्लव समूहले विभिन्न ठाउँमा गरेको विष्फोट तथा सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण यो पार्टीले आह्वान गरेको बन्दको असर विद्यालयहरुमा भने देखिएको छ ।

सुरक्षार्थ सडकमा खटिएका प्रहरीहरुले पनि अहिलेसम्म कही कुनै अवरोधको घटना नसुनेको र स्थिति सामान्य रहेको बताएका छन् ।

पोखरमा शंकास्पद वस्तु फेला
पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।