विप्लव नेतृत्वको प्रतिबन्ध माथि पुनर्विचार गर्न कांग्रेसको आग्रह

title
शनिबार, चैत्र ९, २०७५

यम चौंलागाई, सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध माथि पुनर्विचार गर्न सरकारलाई सल्लाह दिनुभएको छ ।

विप्लवको दलमाथिको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरामा पर्ने भन्दै नेता पौडेलले यस निर्णयमा पुर्नविचार गर्न सुझाव दिनुभएको हो । बर्तमान सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरणतर्फ लागेको र लोकतन्त्र खतरामा परिरहेको दावी पनि नेता पौडेलले गर्नुभयो । सिन्धुलीमाढीमा पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले सरकारको एक वर्ष असफल भएको टिप्पणीसमेत गर्नुभयो ।

काङ्ग्रेसले पनि प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको स्विकार्दै पौडेलले राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने पनि प्रष्ट पार्नुभयो ।